सुनचाँदीको मूल्यमा फेरि उछाल

by समतल अनलाइन
109Shares

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा ७०० रुपैयाँले बढी हो।

आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँ पुगेको छ, जुन आइतबारको २ हजार ६२० रुपैयाँको तुलनामा ३० रुपैयाँले बढी हो।

You may also like