४५ घण्टापछि खुल्यो नारायणघाट–मुग्लिन सडक

by समतल अनलाइन
53Shares

काठमाडौँ।नारायणघाट–मुग्लिन सडकको तुइन खोलामा भएको पहिरो पन्छाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । शुक्रबार राति ७ बजेदेखि अवरुद्ध भएको पहिलो रोकिएपछि बल्ल आइतबार खोलिएको हो।

सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एक लोडर र एक एक्स्काभेटर, र मुग्लिनतर्फ दुई लोडर र एक एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने काम गरेको थियो । कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार, पहिरो बारम्बार झरिरहेकाले खुलाउन अप्ठेरो तथा लामो समय लागेको थियो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले ४५ घण्टाको अवरोधपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको जानकारी दिए। अवरुद्ध सडकका कारण हजारौँ यात्रुहरू अलपत्र परेका थिए । तुइन खोलामा आएको पहिरो नयाँ होइन, यसअघि पनि नयाँ पुल निर्माणको क्रममा पहिरो झरेपछि यहाँ समस्या भएको थियो।

You may also like

This will close in 0 seconds