चैतन्य एकेडेमी बुटवलद्वारा जेन–जी आन्दोलनका सहिद सम्झिँदै बुटवलमा दीप प्रज्वलन कार्यक्रम

by समतल अनलाइन
95Shares

बुटवल । जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते प्राण गुमाएका सहिदहरूको स्मरणमा बुटवलमा चैतन्य एकेडमी र मेघा इन्स्टिच्युटको सहकार्यमा दीप प्रज्वलन सम्पन्न भएको छ । बिहीबार साँझ चैतन्य एकेडेमी बुटवल शाखाको परिसरमा आयोजित कार्यक्रममा सहिद आत्माको चिरशान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा देशमा शान्ति, सद्भावना र समृद्धिको कामना गरिएको थियो ।

कार्यक्रममा बोल्दै गर्दै प्रमुख दिपक ढकालले सहिदहरूले देखाएको बलिदानलाई भविष्य निर्माणको आधारका रूपमा लिनुपर्नेमा जोड दिए । उनले सहिदको सपना पुरा गर्न नागरिक सचेतना र ऐक्यबद्धता अपरिहार्य रहेको बताए ।

मानव अधिकार अधिकृत सागर पोखरेलले आन्दोलनका क्रममा उठाइएका मागलाई सम्बोधन गर्दै मानव अधिकार र न्याय सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने धारणा राखे । उनले सहिदको बलिदानलाई सम्मान गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

प्राध्यापक शेषकान्त अर्यालले आन्दोलनमा युवाको सक्रिय सहभागितालाई ऐतिहासिक भन्दै सहिदका सपना पूरा गर्ने जिम्मा नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिए ।

त्यसैगरी नागरिक लगानी कोषका अधिकृत शंकर पोखरेलले शान्ति, सद्भाव र विकासका लागि सबै क्षेत्रले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै सहिद आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी, लगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

साथै चैतन्य एकेडमीले लोकसेवाका तयारी कक्षा, शिक्षक सेवा आयोगका तयारी कक्षा, बैंकिङ्ग सेवाका तयारी कक्षा, सुरक्षा निकाय स्वास्थ्य सेवा एवं संस्थानहरुका तयारी कक्षाहरु संचालन गरिरहेको छ।

You may also like