आन्दोलनको भिडियो अभिलेख राख्ने ‘लुट रिपोर्ट’ : हालसम्म दुई हजार घटना संकलन

by समतल अनलाइन
46Shares

काठमाडौँ।जेन-जी आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोड घटनाहरूको अभिलेखका लागि ‘लुट रिपोर्ट’ नामक एप सञ्चालनमा आएको छ। यस एपको माध्यमबाट प्रयोगकर्ताले आफ्नो परिचय नखुलाई घटनाका भिडियोहरू अपलोड गर्न सक्नेछन् ।

गत भदौ २३ र २४ गते भएका घटनापछि सुरु गरिएको यस एपमा हालसम्म एक हजार ९१६ भिडियो अपलोड भइसकेका छन् । यसलाई ‘कम्युनिटी पावर रिपोर्टिङ सिस्टम’ भनिएको छ । जसले शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र ट्र्याक गर्न मद्दत गर्ने उल्लेख छ।

भदौ २३ र २४ मा भएका घटनापछि सुरु गरिएको यो एपमा समाचार तयार हुने बेलासम्म एक हजार ९१६ भिडियो अपलोड भइसकेका छन्। पेजमा यसलाई ‘कम्युनिटी पावर रिपोर्टिङ सिस्टम’ भनिएको छ, जसले शंकास्पद गतिविधि गर्ने व्यक्तिहरूको पहिचान र ट्रयाक गर्न सहयोग गर्ने उल्लेख छ।

पेजमा राखिएको परिचयमा भनिएको छ, ‘पछिल्ला दिनमा हाम्रो देशले अस्तव्यस्तता-तोडफोड, जेल तोडेर भाग्ने, लुटपाट र हिंसा भोग्नुपर्‍यो । हामी ती क्षणहरू बिर्सन चाहन्नौं । यो एउटा कम्युनिटी पावर एप हो जहाँ जसले पनि घटनाको भिडियो लिंक राख्न सक्छ । यसको लक्ष्य केवल दस्ताबेजीकरण हो, कसैलाई दोषी ठहर गर्ने होइन।

यो प्लेटफर्म लुटपाट, तोडफोड र आगजनीका घटनाहरूको डिजिटल प्रमाण तयार गर्न र पीडितको आवाज संरक्षण गर्न मद्दत गर्ने उद्देश्यले डिजाइन गरिएको हो। यदि कुनै सामग्री असत्य हुन्छ भने ‘फ्ल्याग एज इनएक्युरेट’ अप्सनमार्फत त्यसलाई हटाउन सकिन्छ ।

यस एपमा अपलोड गरिएका सामग्रीहरूमा काठमाडौँ उपत्यका, पोखरा, हेटौँडा, विराटनगर लगायतका सहरका भिडियो, फोटो र प्रत्यक्षदर्शीका विवरण समावेश छन् । विशेष रूपमा सरकारी कार्यालय र व्यापारिक स्थलहरूमा भएको तोडफोड, लुटपाट र सार्वजनिक सम्पत्ति क्षति देखाइएको छ ।

प्रदर्शनका क्रममा खिचिएका मोबाइल र सीसीटीभी फुटेजहरू अहिले कानुनी अनुसन्धानका लागि प्रमाणको रूपमा प्रयोग भइरहेका छन् । यो प्लेटफर्म भविष्यमा अनुसन्धान र तथ्य जाँचको प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले व्यवस्थित गरिने बताइएको छ।

000

You may also like