बडादशैंको टीकाको साइत बिहान ११:५३ बजे

by समतल अनलाइन
49Shares

काठमाडौं । असोज सुरु भएसँगै बडादशैंको माहोल पनि देखिन थालेको छ । दशैं नजिकिएको सन्देश दिनेगरी बजारमा किनमेल सुरु भएको छ । यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

समितिका अनुसार यस वर्षको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको छ । सो दिन बिहान ९:२३ बजे देवी विसर्जन गर्ने साइत छ भने टीका लगाउँदा लगाइमाग्ने बेलामा पूर्वतर्फ फर्कनुपर्ने जनाएको छ ।

समितिले जारी गरेको सूचनाअनुसार २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । सो दिन बिहान ९:१३ बजे घटस्थापनाको साइत परेको छ । असोज ७ गते बिहान ९:५३ बजे झण्डा फेर्ने, असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुने उल्लेख गरिएको छ ।

त्यस्तै, असोज १३ गते सोमबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे तथा स्थिरासन ९:२३ बजे तोकिएको छ । असोज १४ गते मंगलबार महाष्टमी, कालरात्रि र असोज १५ गते बुधवार महानवमी पर्छ ।

You may also like