भाटभटेनीमा डढेको अवस्थामा थप एक शव फेला, मृत्यु संख्या ७४ पुग्यो

by समतल अनलाइन
66Shares

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एक शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार बुधबार डढेको अवस्थामा भेटिएको शवको पहिचान अझै हुन सकेको छैन ।

यससँगै जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

यसअघि चुच्चेपाटीस्थित भाटभटेनीमा डढेको अवस्थामा सात वटा शव भेटिएका थिए । अस्थिपञ्जरको रूपमा भेटिएका ती शव अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ भने उनीहरूको पनि पहिचान खुल्न बाँकी छ ।

You may also like