त्रिविको सम्पूर्ण पठनपाठन कात्तिक १० गतेसम्म बन्द

by समतल अनलाइन
44Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कात्तिक १० गतेसम्म बन्द हुने भएको छ ।

त्रिविले आज सूचना प्रकाशित गरी आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ।

त्रिवि रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको जानकारी दिएको हो।

आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको सूचनामा उल्लेख छ।

You may also like