नेपाल र बंगलादेशबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा

by समतल अनलाइन
35Shares

काठमाडौँ । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफको ४५ मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेल बराबरीमा सकिएको छ । दुवै देशले गोल गर्ने केहि अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेका थिएनन् ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ खेल भएका छन् । जसमा नेपालले ८ खेल जितेको छ भने बंगलादेशले १३ खेल जितेको छ । त्यस्तै ३ खेल बराबर भएका छन् । त्यस्तै फिफा वरियतामा नेपाल १७६औं स्थानमा छ भने बंगलादेश १८४औं स्थानमा रहेको छ । बंगलादेशसँग दोस्रो खेल सेप्टेम्बर ९ मा हुने हुने तालिका रहेको छ ।

You may also like