64
विराटनगर।पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, ‘बास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा (पाइन्छ) भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’
सभापति देउवाले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेकाले दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रक्रिया सुरु हुने बताए । त्यसका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ छ ।
वर्तमान सरकारबाट मन्त्री फिर्ता नगर्ने उनले बताए । मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा कुरा नभएको बताए ।