कामपाका सबै ३२ वडामा डेङ्गी फैलिँदै, थप सतर्क रहन आग्रह

by समतल अनलाइन
62Shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम अझै केही महिना रहन सक्ने भन्दै स्थानीयलाई थप सतर्क रहन आग्रह गरेको छ ।

महानगरको स्वास्थ्य विभागका अनुसार हाल महानगरका सबै ३२ वटै वडामा डेङ्गीका बिरामी भेटिँदै आएका छन् । विशेषगरी भदौदेखि कात्तिक महिनासम्म डेङ्गी फैलिने सम्भावना बढी हुने भएकाले यो अवधिभर सचेत रहनु आवश्यक रहेको विभागले जनाएको छ ।

महामारी रोग रोकथाम तथा नियन्त्रण शाखाका फोकलपर्सन ऋषिप्रसाद भुसालका अनुसार पछिल्लो समय सङ्क्रमितको संख्या निरन्तर बढिरहेको छ । “यदि लापरबाही गरियो भने यसले महामारीको रूप लिन सक्छ,” उनले बताए ।

You may also like