रुपन्देहीमा लागूऔषधसहित तीन पक्राउ, १० लाख बढी नगद बरामद

by समतल अनलाइन
93Shares

बुटवल । रुपन्देही प्रहरीले लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका ५ घर भई सिद्धार्थनगर(२ बस्ने २६ वर्षीया इरफान अन्सारी, सिद्धार्थनगर १, बाइपास बस्ने २६ वर्षीया प्रेमलाल यादव र रोहिणी गाउँपालिका ६, ललितपुर पकडिहवा बस्ने ३५ वर्षीया इरसाद प्रवेज छन् ।
प्रवेजको घरमा खानतलासी गर्दा १० लाख बढी नगद रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यो रकम लागुऔषध कारोबारबाट आर्जन गरेको प्रहरी आशंका छ ।

रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार अन्सारीले लागूऔषध कारोबार गर्दैछन् भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, भैरहवा र प्रहरी चौकी, मेउडिहवाबाट खटिएको संयुक्त टोलीले उनको बस्ने घरमा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो कलर धुलो पदार्थ १ ग्राम ७३० मिलिग्राम बरामद भएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर–१, बन्दरगाहा क्षेत्रमा चेकजाँच गर्ने यादवको साथ बाट १ ग्राम ०३ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागुऔषध बरामद गरेको छ । यस्तै, लु।प्र।०१(००१ प १३५१ नम्बरको मोटरसाइकल, मोबाइल १ थान, कि(प्याड मोबाइल १ थान बरामद आवश्यक अनुसन्धान भइरहेको छ ।

यस्तै, रोहिणी ६, ललितपुरको पकडिहवामा लागुऔषध कारोबार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, भैरहवा र इलाका प्रहरी कार्यालय, धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रवेजलाई पिछा गर्दै जाँदा ओमसतिया–४, पननीबाट नियन्त्रणमा लिएको हो । युपी ५६ एएक्स ८१३४ नम्बरको मोटरसाइकलमा निजलाई फेला पारी चेकजाँच गर्दा मोटरसाइकलको बायाँ तर्फको लेगार्डमा कालो प्लास्टिकमा बेरी राखेको लागूऔषध प्रहरीले बरामद गरेको हो ।

डायजेपाम इन्जेक्शन आईपी २ एमएलका ९८ एम्पुल, बुप्रेनोर्फिन इन्जेक्शन आईपी २ एकएलका ९६ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्शन आईपी २ एमएलका ९९ एम्पुल गरी जम्मा २९३ एम्पुल बरामद गरेको छ ।

साथै उनको घरमा गई खानतलासी गर्दा उनी सुत्ने कोठामा रहेको गहुँ राख्ने टिनको भकारीमा कालो रङको प्लाष्टिकमा बेरी लुकाई छिपाई राखिएको अवैध रकम १० लाख २० हजार, स्पास्मो जस्तो देखिने क्याप्सुल २६० पिस लागुऔषध, मोटरसाईकल, एउटा मोबाइलसहित प्रवेजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिए । हेडलाईन

You may also like