आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन
62Shares

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । आज (बुधबार) बिहान कोशी, बागमती, गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटफुट वर्षा भएको छ । दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ ।

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ ।

You may also like

This will close in 0 seconds