नेपाल आज बंगलादेशसँग भिड्दै

by समतल अनलाइन
66Shares

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिपमा आज (आइतबार) नेपाल बंगलादेशसँग भिड्दै छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार अपरान्ह ५ः४५ मा सुरु हुनेछ ।

यसअघि नेपालले पहिलो खेल भारतसँग खेलेको थियो । जहाँ नेपालले भारतसँग ७–० को फराकिलो हार बेहोरेको थियो । आफ्नो दोस्रो खेलमा भने नेपालले आयोजक राष्ट्र भुटानलाई २–१ ले पराजित गरेको थियो । आज नेपाल बंगलादेशलाई हराउने दाउमा छ ।

प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेशको सहभागिता छ । प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ । अब नेपालले अगस्ट २७ मा बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्न छ ।

हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भएपनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रोमा छ । आजै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको खेल तालिका
अगस्ट २० – नेपाल र भारत
अगस्ट २२ – नेपाल र भुटान
अगस्ट २४ – नेपाल र बंगलादेश
अगस्ट २७ – बंगलादेश र नेपाल
अगस्ट २९ – भारत र नेपाल
अगस्ट ३१ – भुटान र नेपाल

नेपाली टोली

झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यमकुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल ।

You may also like

This will close in 0 seconds