स्कलर्समा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

by समतल अनलाइन
81Shares

बुटवल । हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा ‘हाम्रो संस्कृतिः हामी आफैँ जगेर्ना गरौँ’ भन्ने उद्देश्यका साथ स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुल र एम्स कलेजको संयुक्त आयोजनामा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रम बिहानी र दिवा गरी दुई चरणमा सम्पन्न गरिएको थियो। बिहानी चरणमा +2 र बीबीएस तहका विद्यार्थीले सहभागिता जनाएका थिए। ६ वटा समूह सहभागी प्रतियोगितामा अध्यक्षता बीबीएस तेस्रो वर्षकी छात्रा सुस्मिता क्षेत्रीले गरेकी थिइन् भने स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुलका प्राचार्य बाबुराम बञ्जाडे प्रमुख अतिथि रहेका थिए। एम्स कलेजका क्याम्पस प्रमुख दिपक ढकाल, +2 संयोजक चेतनारायण पन्थी र व्यवस्थापन संकाय प्रमुख रामु रोकाले विशेष भूमिका निर्वाह गरेका थिए।

+2 तर्फको प्रतिस्पर्धामा सब्रिना चौधरी, प्रमिला पल्ली र स्नेहा राज्यलक्ष्मीको समूह प्रथम, यमुना केसी र दिव्या खनालको समूह द्वितीय, दीक्षा महतो र कृष्टिना झेडी तृतीय तथा रबिना बञ्जाडे र एन्जल केसीले सान्त्वना स्थान प्राप्त गरेका थिए। निर्णायकमा नृत्य संयोजक दिलकुमारी उपाध्याय र प्रशिक्षक पदम केसी रहेका थिए।

दिवा चरणमा कक्षा पीजीदेखि ३ सम्म कक्षागत प्रतिस्पर्धा र कक्षा ४ देखि १० सम्म सदनगत गायन तथा नृत्य प्रस्तुत गरिएको थियो। पीजी–नर्सरीतर्फ युकेजी प्रथम, एलकेजी द्वितीय र नर्सरी कक्षाले तृतीय स्थान प्राप्त गरे। कक्षा १–३ तर्फ स्टिना शेरचन प्रथम, युनिसा बुढा द्वितीय, अपेक्षा दर्नाल तृतीय र अायुष्मा दर्नाल तथा अगरिना पन्थ सान्त्वना स्थानमा रहे। निर्णायकमा विष्णु राना र शिशम् थापा रहेका थिए।

त्यसैगरी कक्षा ४–५ तर्फ प्रथम स्थान कक्षा ५ अर्थ (पृथ्वी) सदनले, द्वितीय मुन (चन्द्र) सदनले, तृतीय कक्षा ४ अर्थ सदनले र सान्त्वना कक्षा ४ मुन सदनले प्राप्त गरेका थिए। कक्षा ६–१० मा हरियो र निलो सदनले बराबरी अंकसहित प्रथम, रातो सदनले द्वितीय र पहेँलो सदनले तृतीय स्थान हासिल गरेका थिए। निर्णायकमा अंकिता थापा क्षेत्री र यशोधा न्यौपाने रहेका थिए।

प्रतियोगितालाई सफल बनाउन सदन प्रमुख शिक्षक–शिक्षिकाहरू सावित्रा गौतम, एलिना वर्मा, सुधिर मुखिया (हरियो), दिलकुमारी उपाध्याय, सुरेन्द्र थापा (निलो), सिर्जना गौतम, नेत्रप्रसाद भट्टराई (रातो), मालती शर्मा र नवराज घिमिरे (पहेंलो) ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

विद्यालयतर्फको कार्यक्रम सह–प्राचार्य टीकाराम गौतमको अध्यक्षतामा सम्पन्न भएको हो। विद्यालयका प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए भने विद्यालय संयोजक शोभारानी प्रधानले व्यवस्थापन र सहजकर्ताको जिम्मेवारी सम्हालेकी थिइन्।

कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। प्राचार्य बाबुराम बञ्जाडेले विद्यार्थीको प्रतिभा कदरस्वरूप नगद र प्रमाणपत्र प्रदान गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई मौलिक संस्कृतिसँग जोड्ने भन्दै निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

You may also like