‘युवती मिलाइ दिने’ भन्दै ठगी, नयाँ बसपार्कका दुई डान्सबारबाट २७ जना पक्राउ

by समतल अनलाइन
101Shares

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा सञ्चालित दुई डान्स क्लबले ‘युवती मिलाइ दिने’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले २७ जनालाई पक्राउ गरेको छ ।

नुवाकोट घर भएका पदमसिंह ठकुरीले सञ्चालन गरेको गोल्डेन बार एन्ड क्लब र कञ्चनपुर स्थायी घर भएका सुवास सिंह ठकुरीले सञ्चालन गरेको क्रिष्टल बार एन्ड क्लबले सडकमा हिँडिरहेको सर्वसाधारणलाई विभिन्न प्रलोभनमा बारमा लैजाने र बन्धक बनाएर रकम असुली गरेको आरोप प्रहरीको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति ९ बजे यी डान्सबारमा पुगेर डान्सबारका कामदारलाई नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार नियन्त्रणमा लिइएका २७ जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

You may also like