हिमालयन लाइफ इन्स्योरेन्स मुर्गिया शाखा : उत्कृष्ट एजेन्सी म्यानेजर सम्मानित

by समतल अनलाइन
345Shares

बुटवल। हिमालयन लाइफ इन्स्योरेन्स मुर्गिया शाखाले बुधबार एक कार्यक्रमकाे आयोजना गरी उत्कृष्ट बीमा व्यवसाय गर्ने एजेन्सी म्यानेजरहरूलाइ सम्मान गरेको छ ।

वर्ष ८१/८२ मा‌ उत्कृष्ट‌ बीमा‌ ब्यवसाय गर्ने एजेन्सी म्यानेजर‌ तथा अभिकर्ताहरुको‌ लागि सम्मान तथा महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर कमला अधिकारीलाई विशेष सम्मान गरिएको थियो भन्ने मुर्गिया शाखाबाट थुप्रै एजेन्सी म्यानेजरलाइ सम्मान गरिएको थियो।

कार्यक्रममा‌ प्रमुख अतिथि प्रदेस प्रमुख बुद्द बहादुर सुर्यवंशीको रहेको थियो भने संचालन शाखा प्रमुख रोमनाथ न्यौपाने र‌ स्वागत मन्तव्य शुसिला‌‌ कंडेल र गित मार्फत सावित्रा पोख्रेल ले गर्नु भएको थियो । कार्यक्रम मा उत्कृष्ट ब्यबसाय गर्न सफल कमला अधिकारी ले समेत बिमाको महत्त्वकाे बारेमा‌ आफ्नो मन्तब्य र शुभकामना राख्नु भएकाे थियो ।

मुर्गिया शाखा बाट उत्कृष्ट ब्यबसाय गर्ने , वरिष्ठ एजेन्सी म्यानेजर कमला अधिकारी सहित एजेन्सी म्यानेजर दिनेश ज्ञावली,कमला ज्ञावली ,तारा देवी पोख्रेल, लक्ष्मी गैरे रेग्मी लगायत दर्जनौ एजेन्सी अभिकर्ताहरुलाई अवार्ड तथा सम्मान पत्र बाट सम्मान गरियकाे शाखा प्रमुख न्यौपानेले जानकारी दिय ।

You may also like

This will close in 0 seconds