आज यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

by समतल अनलाइन
74Shares

काठमाडौं । देशका केही स्थानमा आज (बुधबार) पनि वर्षाको सम्भावना रहेको छ । आज मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलागायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली हुनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा र तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोशी, मधेस, वाममती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

मधेस, कोशी, वाममती, गण्डकी प्रदेशका तराई र पहाडी भू–भागमा थोरै र बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको छ । तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको छ । गए राति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । राति दार्चुलादेखि अछाम, जुम्ला, डोटी, बाजुरालगायत झापा, मोरङ, उदयपुरसम्म हल्कादेखि मध्यम वर्षा भएको हो ।

You may also like