देवदहमा युवकद्वारा चक्कु प्रहार, एक जनाको मृत्यु

by समतल अनलाइन
138Shares

बुटवल । रूपन्देहीको देवदह नगरपालिका–४ प्रगतिटोलका ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या आरोपमा सोही ठाउँका १९ वर्षीय सुदिप जैसीलाई प्रहरीले पक्राउ गरेको छ।

गए राति विवाद हुने क्रममा सुदिपले सन्त बहादुर र उनका १९ वर्षीय भाइ सुमन कुमाललाई चक्कु प्रहार गरेका थिए। घाइते दुवैजनालाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएकोमा सन्त बहादुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

घाइते सुमनको उपचार भइरहेको छ। घटनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले आरोपी सुदिपलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

You may also like