भृकुटीमण्डपमा आजदेखि १७औँ नाडा अटो शो, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

by समतल अनलाइन
144Shares

काठमाडौं ।आजदेखि भृकुटीमण्डपमा नाडा अटो शो, प्रधानमन्त्रीले उद्घाटन गर्दै
काठमाडौं । आजदेखि भदौ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गर्ने भएका छन् ।

यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदै छ । प्रदर्शनमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन रहनेछन् ।

You may also like