विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

by समतल अनलाइन
99Shares

लोक तथा दोहोरीकी लोकप्रिय गायिका विष्णु माझीले यस वर्षको नयाँ तीज गीत सार्वजनिक गरेकी छन्। ‘म त नराउरी’ शीर्षकको गीत बुधबार बिहान युट्युबमार्फत रिलिज गरिएको हो।

यो गीतलाई ‘पुतलीको भट्टी’ भाग २१ श्रृंखलाको रुपमा प्रस्तुत गरिएको छ। गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत छ। भिडियोमा गत वर्षको चर्चित तीज गीत ‘आइनँ आमा यो तीजमा’मा देखिएकी मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन्। यसपटक भिडियोमा ६० जना कोरस डान्सरको सहभागिता रहेको छ।

गीतको नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन शम्भु चालिसे र सम्पादन प्रविन भट्टले गरेका हुन्।

सार्वजनिक कार्यक्रममा कहिल्यै नदेखिने गायिका माझीका गीतहरू तीजको अवसरमा विशेष प्रतीक्षा गरिन्छ। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले माझीले नयाँ गीत ल्याएपछि मात्र ‘वास्तविक तीज आएको महसुस हुने’ भन्दै टिप्पणी गरेका छन्।

नयाँ गीतबारे प्रतिक्रिया भने मिश्रित देखिएको छ। कतिपयले यसलाई उत्कृष्ट र मर्मस्पर्शी भनेका छन् भने अरूले विगतका गीतजस्तो प्रभावशाली नभएको बताएका छन्।

तर, विष्णु माझीको ‘म त नराउरी’ले पनि नारीको वेदना, माइतीको सम्झना र संघर्षका कथा सुनाउँदै तीजको माहोल सिर्जना गर्नेमा शंका छैन।

You may also like

This will close in 0 seconds