गुल्मी दरबार गाउँपालिकाको घुम्ती कार्यक्रममा एकै दिन १३० जनाको भत्ता नविकरण

by समतल अनलाइन
59Shares

बुटवल।एक दिनमा १३० जनाको भत्ता नविकरण भएको छ । गु्ल्मीदरबार गाउँपालिकाले बुटवलमा संचालन गरेको भत्ता नविकरण घुम्ति कार्यक्रममा १३० जनाले नविकरण गरेको सहायक प्रशासकीय अधिकृत भिमसेन थापाले जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्रको नविकरण आइतबारबाट सुरु भएको हो । सातै वडाका जेष्ठ नागरिक,दलित,एकल महिला,एकल जेष्ठ महिला, ५ वर्ष मुनिका दलित बालबालिका तथा अपाङ्गले नविकरण गरेको थापाले बताए ।

वडा नं. १ वलिथुमबाट ६ जना,वडा नं. २ जुभुङ्ग २३ जना,वडा नं. ३ गौडाकोटबाट ६ जना, वडा नं. ४ बिरबासबाट ३४ जना,वडा नं.५ अमरअरर्वाथोकबाट १३ जना,वडा नं. ६ दरबार देविस्थानबाट २२ जना,वडा नं.७ दरबार देविस्थानबाट २६ जनाले नविकरण गरेको कम्प्युटर अप्रेटर प्रकाश थापाले जानकारी दिए ।

घुम्ति कार्यक्रम ३ दिनसम्म संचालन हुनेछ । विहान ८ बजेबाट साझ ६ बजेसम्म सेवाग्रहीले सेवा लिन सक्ने वडा नं. २ का वडा अध्यक्ष विष्णु गौतमले जानकारी दिए । बुटवलको इटा भट्टीमा रहेको हइट पाण्डा होटलमा कार्यक्रम संचालन गरेका छौँ,साउन २७ सम्म सेवा लिन अनुरोध गर्दछ्ु उनले भने ।

You may also like