बुटवल । नेपाल प्रगतिशील प्राध्यापक संगठनको बुटवल बहुमुखी क्याम्पस एकाइको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कृष्ण खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिमा उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे र शिवकुमार ज्ञवाली, सचिवमा प्रदीपप्रसाद ज्ञवाली, सहसचिवमा डा. उमेश न्यौपाने, कोषाध्यक्षमा मानध्वज गिरी चयन भएका छन् । यस्तै, सदस्यहरूमा मुकुन्द भण्डारी, युवराज खनाल, सचिता ढकाल, सूर्यबहादुर भण्डारी र सतीश आचार्य रहेका छन् ।
कृष्ण खरेलको अध्यक्षता र संगठनका केन्द्रीय उपाध्यक्ष डा. तिलक भुसालको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रममा प्रगतिशील प्राध्यापक संगठन लुम्बिनी प्रदेश अध्यक्ष वसन्तराज खनाल, क्याम्पसका निमित्त प्रमुख डा. दुर्गा भुसाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरूले देशको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको, प्राध्यापकहरूको हक–अधिकारको संरक्षण गर्नुपर्ने, गुणस्तरीय शिक्षा प्रवाह गर्नुपर्ने र संगठनलाई अझ सशक्त तथा व्यावसायिक बनाउनु पर्नेमा जोड दिएका थिए । उनीहरूले क्याम्पसमा प्रगतिशील सोचको आधारमा शैक्षिक वातावरण सुदृढ गर्दै विद्यार्थीको हितमा काम गर्नुपर्ने धारणा राखेका थिए ।