कस्तो छ आजको मौसम पूर्वानुमान ?

by समतल अनलाइन
111Shares

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

हाल लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगातय देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ भने बागमती प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेशको तराई र मधेश प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टा देशभर मनसुनी वायुको प्रभाव कमजोर रही क्षणिक वर्षा हुने भएकोले दिउँसोको समयमा गर्मी यथावत रहने देखिन्छ भने सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध गरेको छ ।

Comments

You may also like