172
			
		
		
			
            
				            
			
			        
    काठमाडौँ । इरानको जेलमा रहेका पाँच जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।
ad
परराष्ट्र मन्त्रालयले इरानको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा विहिबार पाँचै नेपाली काठमाडौँ आइपुगेको जानकारी दिएको छ ।
मन्त्रालयले यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई धन्यवाद दिएको छ ।
साथै मन्त्रालयले इजरायल र इरानबीचको द्वन्दको समयमा भारत सरकारको सहयोगमा तीन पटकमा गरि इरानमा रहेका ९ नेपाल स्वदेश फर्किएको जनाएको छ ।
 
			        

 
												 
														

