बुटवलमा टीभीएस “एक्सचेञ्ज मेनिया” सुरु

पुरानो बाइक साटेर नयाँ चढ्ने सुनौलो मौका

by समतल अनलाइन
Shares

बुटवल। बुटवलको इट्टाभट्टी लाइनमा रहेको एसियन पार्टी प्यालेसको आँगनमा टीभीएसको “एक्सचेञ्ज मेनिया” कार्यक्रम सुरु भएको छ। बलाजि अटोमोबाइल्स बुटवलले आयोजना गरेको यो विशेष अफर साउन ९ गतेसम्म चल्नेछ।

पुरानो मोटरसाइकल वा स्कुटर जुनसुकै अवस्थामा भए पनि ल्याएर नयाँ टीभीएस बाइक वा स्कुटर साट्न पाइने यो कार्यक्रमले ग्राहकहरूलाई लोभलाग्दो सुविधा दिएको छ।

बुटवलस्थित भानुपथमा रहेको बलाजि अटोमोबाइल्सका म्यानेजर शिव पौडेलले भन्नुभयो , “पुरानो सवारीसाधन गुडे पनि, नगुडे पनि न्यूनतम तीस हजार रुपैयाँको मूल्यांकन गरिनेछ ।

उहाँका अनुसार नयाँ सवारीमा दश हजार रुपैयाँसम्म थप सुविधा, आठ हजारसम्म छुट र किस्ताबन्दीमा शून्य ब्याजदर पनि दिइन्छ।

उहाँका अनुसार हेलमेट, झोला र बाइक कभरजस्ता सामानहरू नि:शुल्क उपलब्ध छन् भने सबै टीभीएस सवारीमा जीवनभरको वारेन्टी सुविधा पनि छ।

सस्तो किस्ता, सहज प्रक्रिया र थुप्रै छुटका कारण यो कार्यक्रम बुटवलका सवारीप्रेमीहरूका लागि राम्रो मौका भएको म्यानेजर पौडेलको भनाइ छ।

पुरानो सवारी साटेर नयाँ बाइक चढ्न चाहने जो–कोहीका लागि यो सप्ताह विशेष अवसर बनेको छ।

You may also like

This will close in 0 seconds