बुटवल। बुटवल सुख्खानगर स्थित क्यानन उच्च माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका व्यवस्थापन र विज्ञान समूहका नयाँ विद्यार्थीहरूका लागि शनिबार अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम विद्यालयका अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षता, राष्ट्रिय परीक्षा बोर्ड, लुम्बिनी प्रदेशका शाखा अधिकृत तारा पाण्डेको प्रमुख आतिथ्य, र विद्यालयका प्रिन्सिपल शंकर भण्डारीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रममा २०० जना भन्दा बढी विद्यार्थी, अभिभावक, शिक्षक सहभागिता रहेको थियो।

प्रमुख अतिथि तारा पाण्डेले विद्यार्थीलेखबाट पढाइलाई बोझ नभई रमाइलोको रूपमा लिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, विद्यार्थीहरू भोलिका कर्णधार हुन्। उनीहरूमार्फत देशको भविष्य निर्मित हुन्छ।
विद्यालयका अध्यक्ष थानेश्वर पौडेलले विद्यालयको स्थापना २०५३ सालमा भएको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो क्यानन स्कुल स्थापना कालदेखि नै गुणस्तरीय र व्यवहारमुखी शिक्षामा विश्वास गर्दै आएको छ। हामी प्रचारमुखीभन्दा व्यवहारमुखी शिक्षालाई प्राथमिकता दिन्छौँ। पुस्तकमै सीमित नगरी व्यवहार, संस्कार, सिर्जनशीलता र जीवनोपयोगी सीप सिकाउने हाम्रो लक्ष्य हो।
प्राचार्य शंकर भण्डारीले भन्नुभयो क्यानन स्कूलले विद्यार्थीको केवल शैक्षिक प्रगति होइन, जीवनमा सफल हुन आवश्यक सबै पक्षहरूलाई समेट्ने शिक्षा दिन खोजेको छ। हाम्रो उद्देश्य विद्यार्थीलाई परीक्षामै मात्रै होइन, व्यवहार, नेतृत्व, र सामाजिक उत्तरदायित्वमा पनि सक्षम बनाउनु हो। हामी शून्यबाट सुरु भएर आजको चरणमा आइपुगेका छौँ, त्यो हाम्रो निरन्तरता, प्रतिबद्धता र अभिभावकको विश्वासले सम्भव भएको हो। कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई हामीले अनुशासन, आत्मविश्वास र दृष्टिकोण निर्माणको अवसर दिन्छौं।”
सहायक प्रिन्सिपल विष्णु प्रसाद न्यौपानेले शिक्षा केवल किताबी ज्ञान नभई व्यवहार, सोच र सिर्जनशीलता जोडिएको प्रक्रिया हो भन्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो हामी विद्यार्थीलाई केवल किताबी ज्ञान नभई, जीवन उपयोगी सीप, व्यवहार र नेतृत्व विकासमा पनि सक्षम बनाउँछौँ।
कार्यक्रमका सञ्चालक पवन बस्यालले विद्यालयको संरचना, शैक्षिक योजना, सुविधाहरू र भविष्यको लक्ष्यबारे सहभागीहरूलाई जानकारी गराउनुभयो।
त्यसैगरि विद्यालयले साउन ५ गतेदेखि ८ गते सम्म ‘क्रिकेट क्लोज क्याम्प’ गर्ने भएक विद्यालयले ब्राण्ड एम्बेसडरको रुपमा राष्ट्रिय क्रिकेट खेलाडी देव खनाललाई राखेको छ।