46
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका– ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका–६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।
किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् । आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए ।