प्रतिनिधिसभाको बैठक बस्दै, के–के छन् कार्यसूचीमा ?

by समतल अनलाइन
Shares

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (आइतबार) अपराह्न १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

You may also like

This will close in 0 seconds