मुलुकमा आर्थिक विकास गर्न र गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण

by समतल अनलाइन
Shares

बुटवल।बुटवलको सुख्खा नगरमा संचालित श्री द्यौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २५ औं वर्षलाई रजत जयन्ती समारोहका रुपमा मनाएको छ ।

सो अबसरमा सहकारीले सहकारीका शेयर सदस्यहरुलाई सहकारी प्राधिकरण ऐन तथा सहकारी अभियानका वारेमा अभिमुखिकरण गरेको छ ।

सहकारी विज्ञ तथा बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले प्रशिक्षण दिनु भएको थियो । सो अबसरमा अध्यक्ष नेपालले सहकारीको अनुगमन तथा निरिक्षण गर्ने अधिकार स्वयम शेयर सदस्यमा हुने हुनाले सहकारीका सिद्धान्त , ऐन नियम विनियमहरुका वारेमा शेयर सदस्यहरु जानकार हुन जरुरी रहेको बताउनु भयो ।

सहकारीमा सदस्य हुनु भनेको त्यो सहकारीको मालिक नै हुनु हो त्यसैले सदस्यहरुले आफ्नो सहकारीको लगानी असुली बचत रकम का वारेमा जानकारी राख्न सकेमा त्यस्ता सहकारीहरु विग्रनवाट सुरक्षित हुने हुनाले त्यसतर्फ जिम्मेवार हुन आग्रह गर्नु भयो । अब सहकारीहरुको नियमन गर्नका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएकोले सोवाट नै हुने हुनाले अगामी दिनमा सहकारीमा हुने वेथितीको केही हर्दसम्म नियन्त्रण हुने विश्वास अध्यक्ष नेपालले बताउनु भयो ।

कार्यक्रममा द्यौलागिरी सहकारीका संस्थापक तथा तिलोत्तमा नगर पालिकाका नगर प्रमुख रामकृष्ण खांणले मुलुकमा आर्थिक विकास गर्न र गरिबी निवारणमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । नगर प्रमुख खांणले सहकारीकै कारण गरीबी घटेकोले सहकारीलाई दीगो र विश्वसनिय बनाउनका लागि शेयर सदस्यहरुले सहकारीका मुल्यमान्यता ,सिद्धान्तका वारेमा बुझन जरुरी रहेको बताउनु भयो ।

श्री द्यौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोबिन्द खनालको सभापतित्वमा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्मा ,सहकारीका सल्लाहकार टंक पराजुली, नारायण अधिकारी, राधेश्याम राजभण्डारी ,सहकारी अभियान्ताहरु रामराज पोखरेल, अर्जुन रानाभाट, माया गौतम, टंक गैरे ,प्रेम बहादुर खड्का, बसन्त ढकाल ,भिम तुलाचन, विमल भट्रराई सहकारीका उपाध्यक्ष देव खनाल सचिव ठाकुर घिमिरे लगायतले सहकारीका मुल्यमान्यताका वारेमा प्रकास पार्नु भएको थियो । सो अबसरमा शेयरसदस्यका छोरा छोरीहरुले एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याएका १४ जना लाई सम्मान गरिएको थियो ।

You may also like

This will close in 0 seconds