काठमाडौं ।देशभर मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेको छ । आज (बुधबार) पनि हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको मौसमविद्हarले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सम्भावित बाढी र पहिरोबारे सचेत गराउँदै सूचना जारी गरेको छ ।
महाशाखाको बुलेटिनअनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला, गुल्मी, पाल्पा, अर्घाखाँची लगायत जिल्लाबाट बहने साना नदीहरूमा बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना छ । यी जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ ।


त्यस्तै, संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रे, सिन्धुली, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेल्धुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पनि मध्यम जोखिम देखिएको छ ।
यसैगरी, झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुम पूर्व, दाङ, बर्दिया र आसपासका केही जिल्लामा सामान्य जोखिम देखिएको छ ।
बाढी महाशाखाले काठमाडौँसहित १५ जिल्लालाई ‘एल्लो अलर्ट’ (पहेँलो सतर्कता) मा राखेको छ । यी जिल्लामा बसोबास गर्ने जनतालाई नदी किनार नजान, पहिरो जोखिमयुक्त ठाउँमा सचेत रहन तथा प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।
📢 सावधानी अपनाऔं:
– बाढी, डुवान र पहिरोको सम्भावनाबारे सचेत बनौं
– जोखिम क्षेत्र नछिरौं
– आपतकालीन अवस्थामा स्थानीय निकायलाई जानकारी दिऔं<
हेर्नुस् बुलेटिन :
/strong>