काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा अघिल्ला वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधार भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार यस पटक ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
गत वर्ष (२०७९) मा मात्र ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। त्यसको तुलनामा यस वर्ष १३.९५ प्रतिशतको सुधार आएको बोर्डले जनाएको छ।
यस वर्ष नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये विभिन्न ग्रेडमा यसरी विभाजन भएको छ:
🔹 जीपीए ३.६ देखि ४ सम्म — ४८ हजार १७७ जना
🔹 जीपीए ३.२ देखि ३.६ सम्म — ८१ हजार ३५५ जना
🔹 जीपीए २.८ देखि ३.२ सम्म — ९९ हजार १२४ जना
🔹 जीपीए २.४ देखि २.८ सम्म — ४८ हजार ४७९ जना
🔹 जीपीए २ देखि २.४ सम्म — ४ हजार १२६ जना
🔹 जीपीए १.६ देखि २ सम्म — ८ जना
यसैबीच, परीक्षा बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। परीक्षामा अनुशासन उल्लंघन तथा परीक्षा नियमविपरीत गतिविधिमा संलग्न भएको पाइएपछि उनीहरूको परीक्षा परिणाम खारेज गरिएको हो।
यस पटकको नतिजालाई शिक्षा क्षेत्रका विज्ञहरूले सकारात्मक संकेतको रूपमा हेरेका छन्। सुधारको कारणको रूपमा परीक्षाको मूल्याङ्कन प्रणाली, तयारी प्रक्रियामा सुधार र शिक्षक तथा विद्यार्थी दुवैको सक्रिय भूमिका रहेको बताइएको छ।
			        

												
														

