दृष्टि न्युजका अध्यक्ष श्रेष्ठ र कार्यकारी सम्पादक लिम्बुसँग जनही २५ हजार धरौटी माग

by समतल अनलाइन
Shares

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा ‘दृष्टि न्युज’ अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग विशेष अदालतले २५-२५ हजार रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासले बिहीबार उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

दृष्टि न्युजमा गत असार ८ गते ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचारले अदालतको अवहेलना गरेको भन्दै नवराज सापकोटासहित पाँच जनाले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

You may also like