98
बुटवल । विश्व बजारमा उपभोक्ताको विश्वास जित्दै आएको साटो ब्राण्डका टाँस्ने र जोड्ने सामग्रीहरू अब लुम्बिनी प्रदेशमा पनि औपचारिक रूपमा विक्री वितरण सुरु गरिएको छ। गुणस्तरीय निर्माण सामग्रीका रूपमा परिचित साटोका उत्पादनहरू अब शिखर ट्रेड इन्टरनेशनल प्रा.लि.मार्फत लुम्बिनीका उपभोक्ताले सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
भारतमा उत्पादित साटो ब्राण्डले विगत केही वर्षयता चीन, हङकङ, कतार, संयुक्त अरब इमिरेट्स (दुबई) हुँदै नेपालसम्म आफ्नो व्यवसाय विस्तार गरिसकेको छ। निर्माण क्षेत्रमा आवश्यक पर्ने उच्च गुणस्तरका टाँस्ने तथा जोड्ने उत्पादन उपलब्ध गराउँदै आएको यस ब्राण्डले हाल ‘आर्किलो’, ‘एक्सट्रिम’, ‘ओशियन’, ‘एलिट’, ‘डिलक्स’ र ‘हिटगार्ड’ जस्ता सामग्री बजारमा ल्याएको छ, जसले विभिन्न सतहहरूलाई