74
बुटवल । शुक्रबार रातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड एकतर्फी खुलेको छ। बर्दघाट नगरपालिका–४ खुर्सानी खोला नजिकै सडक भत्किएपछि सवारी साधन आवागमन बन्द भएको थियो। आज बिहान ७ बजेबाट भत्किएको सडक मर्मतको काम सुरु गरी १० बजेदेखि तत्कालका लागि एकतर्फी सडक सञ्चालनमा ल्याइएका इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र वानियाले जानकारी दिए।
दाउन्ने सडक खण्ड केहि दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो। बुटवल–नारायणगढ सडक विस्तारका क्रममा दाउन्ने खण्डको करिब २० किलोमिटर सडक पीच हुन बाँकी छ। निर्माणाधीन सडकका कारण सो खण्डमा वर्षा हुने बित्तिकै सवारी साधन आवागमनमा समस्या हुँदै आएको छ।