94
बुटवल। तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा बिहीबार एक युवक डुबेर बेपत्ता भएका छन्।
डुबेर बेपत्ता हुनेमा भारतको उत्तर प्रदेशस्थित महाराजगंज जिल्लाको नौतनवाका १८ वर्षीय सोएब अन्सारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लका अनुसार अन्सारी आफ्ना दाजुभाइ र साथीहरू सहित बुटवल घुम्न आएका थिए।
घुमघामकै क्रममा तिनाउ खोलाको ड्यामसाइड पुगेका उनीहरू पौडी खेल्न थालेका थिए। सोही क्रममा अन्सारी ड्यामको गहिरो भागमा डुबेका थिए।
डिएसपी मल्लले ग्लोबल आवाजसँग कुरा गर्दै भने, “डुबेका अन्सारीको शव अझै फेला परेको छैन। खोजी कार्य जारी छ।”
घटनापछि स्थानीय सुरक्षाकर्मी र सशस्त्र प्रहरीको टोली परिचालित गरी खोजी भइरहेको प्रहरीले जनाएको छ।