लुम्बिनी इन्टिग्रेटेड एकेडेमीद्वारा ७३औं कानून दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

by समतल अनलाइन
Shares

बुटवल । लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले ७३औं कानून दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेर दिवस मनाएको छ। सन् २००९ मा प्रधानन्यायालय ऐन जारी भएको दिनलाई सम्झेर प्रत्येक वर्ष कानून दिवस मनाउने गरिन्छ।

कार्यक्रम अन्तर्गत ‘शक्ति पृथकीकरणको सिद्धान्त र अभ्यास’ विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा एकेडेमीका एकेडेमिक कोअर्डिनेटर रामचन्द्र श्रेष्ठले कानुनका विद्यार्थीले राजनीतिक सिद्धान्त र त्यसको सामयिक अभ्यासबारे निरन्तर अध्ययन गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा शक्ति पृथकीकरणको सिद्धान्त प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा राजनीतिक प्रणालीमाथि प्रश्न उठ्ने गरेको बताए।

त्यसैगरी, कानुन संकायका कोअर्डिनेटर अधिवक्ता दामोदर घिमिरेले शक्ति पृथकीकरणको ऐतिहासिक पृष्ठभूमिमाथि प्रकाश पारे।

प्रतियोगितामा बी.ए.एल.एल.बी. प्रथम वर्षकी अजिता पाण्डे प्रथम स्थानमा, दोस्रो वर्षका नवराज उपाध्याय दोस्रो र धारणा शर्मा तृतीय स्थानमा चयन भए। साथै, प्रथम वर्षका सुन्दर डाँगी र दोस्रो वर्षकी यमुना आचार्यले सान्त्वना पुरस्कार प्राप्त गरे।

You may also like