138
काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङसँग अभिनेत्री पूजा शर्माले बुधबार जन्मदिन मनाएकी उनले सोही अवसरमा निर्देशक तामाङको नयाँ फिल्म सम्झौता गरेकी हुन् । नाम तय हुन बाँकी रहेको फिल्ममा पूजा फेरी एक्सन अवतारमा देखिने भएकी छिन् । ‘दान्भी’मा पनि उनको एक्सन भूमिका थियो ।