लुम्बिनी प्रदेशमा एक महिनामा ४०२ सवारी दुर्घटना, ३६ जनाको मृत्यु

Shares

बुटवल।लुम्बिनी प्रदेशमा चैत महिनामा ४०२ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३६ जनाको मृत्यु र ७४५ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दानबहादुर कार्कीका अनुसार दुर्घटनाको संख्या फागुनको तुलनामा बढेपनि मृतक संख्या घटेको छ, फागुनमा ३९ जनाको मृत्यु भएको थियो ।

रूपन्देही र दाङमा सबैभन्दा बढी १०–१० जनाको मृत्यु भएको छ भने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्यु शून्य छ । बाँकेमा ७, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा ३–३, प्यूठानमा २ र गुल्मीमा १ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै दुर्घटना मोटरसाइकलका कारण भएका छन् जसको संख्या कुल दुर्घटनाको ६० प्रतिशत रहेको छ, यस्तै कार/जीप ८.७१%, साइकल ८.०१%, ट्याम्पो ७.४९%, ट्रयाक्टर ४.७०%, बस ४.३६%, ट्रक/ट्याङ्कर २.६१%, टिपर १.९२% र माइक्रो १.२२% दुर्घटनामा संलग्न भएका छन् । डिआइजी कार्कीका अनुसार सडक स्तरोन्नति नहुनु, खाल्डाखुल्डी तथा चालकको लापरवाहीले दुर्घटनाको संख्या बढेको हो ।

You may also like