ब्रिटिस ग्रामर स्कुल रुपन्देहीको वार्षिक उत्सवमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता

Shares

बुटवल।ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमी) को वार्षिक उत्सव कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भयो। विद्यालयका प्राचार्य डिलबहादुर बुढाथोकीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई विभिन्न क्याटोगरीमा सम्मानित गरिनुका साथै विद्यार्थीहरूले नाटक, कला, नृत्य, गीत, सङ्गीत समेत प्रस्तुत गरेका थिए।

विभिन्न विधामा सम्मानित हुने विद्यार्थीलाई विद्यालयकी निर्देशक पुष्पा कँडेल, डिबि खत्री, चुरामणि गौतम, कृष्ण अर्याल, शोभा गौतम, स्कुल हेड अरुण कुमार कँडेल, विद्यालयका व्यवस्थापक उमेश कँडेल, क्याम्ब्रिज मन्टेश्वरी बुटवलका प्राचार्य रमेश न्यौपाने, हेभेन्ले ग्राडेन स्कुल भैरहवाकी प्रिन्सिपल रचना क्षेत्री, क्याम्ब्रिज मन्टेश्वरी बुटवलकी प्रिन्सिपल नितु श्रेष्ठ, समर्पण अटिजम बाल गृहकी प्रिन्सिपल मञ्जु श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले नेपालको शैक्षिक क्षेत्रमा गरेको नौलो प्रयास अनुकरणीय रहेको र यसले राज्यलाई फरक ढंगले सोच्न बाध्य बनाएको बताए। गुणस्तरीय शिक्षाका लागि आफ्ना बालबालिकालाई काठमाडौं वा छिमेकी देशहरूमा पठाउनु पर्ने बाध्यता अन्त्य भएको भन्दै उनले निजी क्षेत्र मैत्री कानुन बनेमा निजी क्षेत्र अझ फस्टाउने धारणा व्यक्त गरे।

त्यसैगरी, ब्रिटिस एजुकेसन ग्रुपका स्कुल हेड अरुण कुमार कँडेलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालय हरेक क्षेत्रबाट प्रतिबद्ध भएर लागिपरेको बताए।

विद्यार्थीद्वारा विद्यार्थीका लागि र विद्यार्थीकै सहभागितामा सम्पन्न भएको यस कार्यक्रमको संयोजन, सञ्चालन विद्यार्थीहरूले नै गरेका थिए भने संयोजन र सहजीकरण कक्षा शिक्षक, संयोजक, नृत्य तथा गायन शिक्षकहरूले गरेका थिए।

ब्रिटिस ग्रामर स्कुल रुपन्देही, नेपालको सबैभन्दा ठूलो शैक्षिक घराना ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय स्तरको विद्यालय हो। यसका भगिनी शैक्षिक संस्थाहरू चितवन, पोखरा, काठमाडौं, दुबई, क्यानाडा, र बेलायतमा सञ्चालनमा छन्।

ब्रिटिस ग्रामर स्कुल रुपन्देही मोफसलकै एक मात्र क्याम्ब्रिज सर्टिफाइड विद्यालय भएकाले यसको शैक्षणिक गुणस्तर र अतिरिक्त क्रियाकलाप अन्तर्राष्ट्रिय स्तरअनुसार हुने हुँदा सम्पूर्ण अभिभावकहरूलाई निर्धक्क भएर आफ्ना नानीबाबुको प्रगतिमा हातेमालो गर्न संस्थापक प्राचार्य राजेन्द्र कुँवरले आग्रह गरे। साथै, शैक्षिक सत्र २०८१ का लागि कक्षा पीजीदेखि कक्षा ९ सम्म सीमित सिटमा भर्ना खुलिसकेको हुँदा अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि समयमै सिट सुरक्षित गर्न आग्रह गरे।

You may also like