मीना जीसी नयागाउँ खानेपानी संस्थाको अध्यक्षमा निर्वाचित

Shares

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा मीना घर्ती (जीसी) विजयी भएकी छन्।

बुटवल उपमहानगरपालिका–१२ र १३ मा सम्पन्न निर्वाचनमा कांग्रेस उम्मेदवार जीसीले ८१४ मत प्राप्त गर्दै अध्यक्ष पद सुरक्षित गरिन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका नामबहादुर कुवरले ८०८ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार बामदेव भुसालले ७५८ मत ल्याए।

४,७०६ मतदातामध्ये २,६०४ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए। निर्वाचनमा कांग्रेस–राप्रपा गठबन्धन, एमाले–माओवादी–जनमोर्चा गठबन्धन, तथा राष्ट्रिय स्वतन्त्र पार्टीसहितका छुट्टाछुट्टै समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा सिर्जना पौडेल (८१२ मत), सचिवमा रामप्रसाद भुसाल (८४४ मत), कोषाध्यक्षमा सुमित्रा खनाल (७९८ मत) तथा सहसचिवमा ढुण्डिराज खनाल (८७७ मत) निर्वाचित भएका छन्।

लेखा समितिको संयोजकमा अग्नी प्रसाद पौडेल (७६६ मत), सदस्यमा चन्द्रकान्त आचार्य (५९५ मत) र टिकामाया भण्डारी (६१६ मत) विजयी भए। अनुगमन समितिको संयोजकमा गणेश आचार्य (८९३ मत), सदस्यहरू नारायण खनाल (७७५ मत) र बाबुराम भुसाल (९३१ मत) निर्वाचित भएका छन्।

२३ सदस्यीय कार्यसमितिका लागि ६९ जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो। फागुन २४ गते सम्पन्न निर्वाचनपछि गणना सम्पन्न गरी विजयी उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको हो।

You may also like