22
गुल्मी । गुल्मीको मदानेमा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरमा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले पहिचान नखुलेको अन्दाजी २५÷३० वर्षको पुरुषको शव फेला परेको जानकारी दिए।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा प्रहरी खटिएको छ । शव कसको हो र के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन । बेवारिसे अवस्थामा फेला परेको शवको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।