कुलमानको जवाफको पर्खाइमा छु : मन्त्री खड्का

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने निर्णय हुने बताएका छन् । आज (शुक्रबार) संसद भवनमा कुलमानलाई हटाउने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टकरणको जवाफ आएपछि निर्णय लिइने जवाफ दिएका छन् ।

उनले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे । भारतलाई समेत विजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई विद्युत् दिएर ठूलो सहयोग गरेको उनले बताए । प्राधिकरणका नाफाको विषय छानबिन भएपछि थाहा हुने उनको भनाइ छ । कुलमानको विषय व्यक्तिगत नभएर सरकारको विषय भएको भन्दै उनले कर्मचारीहरू अनुशासित हुनुपर्ने जिकिर गरे ।

 
 
  
 

You may also like

skip


This will close in 5 seconds