नेपाली कांग्रेसको दुई दिने प्रशिक्षणका लागि सभापति देउवा आज रुपन्देही आउँदै

बुटवल । नेपाली काँग्रेसको दुई दिने प्रशक्षिण कार्यक्रमका लागि सभापति शेरबहादुर देउवा आज रुपन्देही आउँदै छन् । उनीसँगै परराष्ट्र मन्त्री तथा काँग्रेस नेतृ आरजु राणा देउवा पनि रुपन्देही आउने कार्यक्रम रहेको छ ।

देशभरका क्षेत्रीय सभापतिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु आज विहान ९ बजेको फ्लाइटमा भैरहवा आइपुग्ने कार्यक्रम रहेको काँग्रेस नेताहरुले बताएका छन् ।

प्रशिक्षण कार्यक्रमका लागि काँग्रेसका शिर्षनेताहरु आइतबार नै रुपन्देही आएर बसेका छन् । महामन्त्रीद्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक, नेता बालकृष्ण खाँण लगायतका शिर्षतहका नेताहरु आइतबारनै रुपन्देही आएपछि काँग्रेस नेता कार्यकर्ताहरुको भेटघाट तथा चहलपहल बढेको छ ।

भैरहवाको पटुवा हलमा विहान ११ बजेदेखि हुने प्रशिक्षण कार्यक्रममा देशभरबाट क्षेत्रीय सभापतिहरुसहित ५ हजार बढी प्रतिनिधिहरु सहभागी हुने काँग्रेस रुपन्देहीले जनाएको छ ।

 
 
  
 

You may also like