त्रीनेत्रधाममा भक्तजनहरूको उत्साह, आइतबार रथयात्रा सम्पन्न, शिवरात्रिमा विशेष अनुष्ठान

by समतल अनलाइन
Shares

बुटवल। रुपन्देहीको कन्चन-४ स्थित ॐ श्री महारुद्रेश्वर त्रीनेत्रधाममा तृतीय वार्षिकोत्सव तथा पञ्चदिवसीय शिव महापुराण पाठपरायण सत्सङ्ग कार्यक्रम भैरहेको छ।

फागुन ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।

त्यसैबिच आइतबार रथयात्रा निकालिएको छ। रथयात्रा भजन-कीर्तन सहित कन्चनका विभिन्न ठाउँमा परिक्रमा गरिएको हो। कथा वाचिका पुज्या श्री आरती कृष्ण प्रियाले पावन प्रवचन दिइरहेकी छिन् भने यज्ञाचार्य श्री कृष्ण मुकुन्द शरणले धार्मिक अनुष्ठानको नेतृत्व गरिरहेका छन्।

सो अवसरमा बोल्दै ॐ श्री महारुद्रेश्वर त्रिनेत्रधामका अध्यक्ष विजय कुमार श्रेष्ठले त्रिनेत्रधामको स्थापना धार्मिक तथा सांस्कृतिक चेतना जागरणका लागि भएको बताए। शिव महापुराण पाठ जस्ता कार्यक्रमहरूले भक्तजनहरूलाई अध्यात्मसँग जोड्ने अवसर प्रदान गर्दै हामी सबै श्रद्धालुहरूलाई सहभागी भई धर्मलाभ लिन आग्रह गर्नुभयो । 

त्यसैगरी सचिव युवराज पुरीले पवित्र भूमि त्रिनेत्रधाम वार्षिकोत्सव तथा शिव महापुराण पाठ आयोजना गर्नु हाम्रो लागि गौरवको विषय भएको बताउँदै यस्ता धार्मिक क्रियाकलापहरूले समाजलाई सकारात्मक उर्जा प्रदान गर्ने कुरा प्रष्ट पार्नुभयो ।

पुज्य श्री आरती कृष्ण प्रिया, कथा वाचिकाले “शिव महापुराण परम पवित्र ग्रन्थ हो” भन्दै मानव जीवनलाई सत्मार्गमा डोर्‍याउनमा सहयोग पुर्याउने कुरा स्पष्ट पार्नुभयो ।
त्यस अवसरमा बोल्दै पाठमा सहभागी भई भगवान शिवको कृपा प्राप्त गर्न सबै श्रद्धालु भक्तजनलाई आग्रह गर्नुभयो ।

त्यसगरी कृष्ण मुकुन्द शरण, यज्ञाचार्यले “वैदिक विधिपूर्वक हवन, पूजा तथा अनुष्ठान गरिएको” बताउँदै यज्ञमा सहभागी हुनु आत्मशुद्धि र आध्यात्मिक उन्नतिको मार्ग भएको बताउनुभयो । 

विशेष धार्मिक अनुष्ठानहरू फागुन ९ गते – शोभा जलयात्रा, कर्मकुटी, जलधिवास भएको थियो। फागुन १० गते घृत, गन्ध, पुष्प, फल, धान्याधिवास भैसकेको छ। फागुन ११ गते – मिष्टान्न, औषधि, देवतान्नपन (रथयात्रा), वस्त्र, शैयाधिवास (रथयात्रा कन्चनका विभिन्न ठाउँमा परिक्रमा) आइतबार ।र भएको हो। फागुन १२ गते यथासम्भव मूर्ति प्रतिष्ठापन हुनेछ। फागुन १३ गते देव प्रतिष्ठा न्यास कर्म हुनेछ।

त्यसैगरी फागुन १४ गते महाशिवरात्रिको दिन विशेष लघु रुद्राभिषेक, महाआरती हुने छ। अन्तिम दिन फागुन १५ गते बिहान ८ बजे पूर्णाहुति, महाआरती, विशेष कार्यक्रम रहने छ।

You may also like