काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ४९ शाखा अधिकृतसहित ५३ पदमा ५४३ जना भर्ना गर्ने भएको छ । कार्यक्षमता र ज्येष्ठताका आधारमा बढुवासँगै आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गरेर पनि खाली रहन गएका विभिन्न दर्जाका लागि दरखास्त खुलाएको हो ।
आयोगद्वारा मंगलबार जारी सूचनाअनुसार खुल्लामा प्रशासनतर्फ अधिकृत तृतीय स्तरको शाखा अधिकृत ४९, मुख्य कार्यालय सहायक (सहायक प्रथम) ४५, कार्यालय सहायक (सहायक द्वितीय) ४८ र कानुनी सल्लाहकार २ जना मागिएको छ ।
यस्तै आर्थिक प्रशासन समूहमा लेखा अधिकृत १३, मुख्य लेखा सहायक २१, लेखा सहायक २५, पुस्तकालयतर्फ अधिकृत २६, सहायक १६, स्वास्थ्यमा नर्सिङ अधिकृत ९, स्टाफ नर्स १२५, प्राविधिक समूहतर्फ अधिकृत ५, मुख्य सहायक १५, मुख्य प्राविधिक सहायक सूचना प्रविधिमा १५, सहायक २५, इलेक्ट्रिसिटी प्राविधिक अधिकृत १, मुख्य सहायक २, सहायक २ मागिएको छ ।
यस्तै प्राविधिक समूहतर्फ नै प्राविधिक अधिकृत इन्जिनियरिङका १, मुख्य सहायक ३, सहायक ७ जना मागिएको छ। स्वास्थ्यमा जनस्वास्थ्य प्राविधिक अधिकृत १, प्राविधिक अधिकृत परफ्युजनिस्ट १, मुख्य स्वास्थ्य सहायक परफ्युजनिस्ट १, प्याथोलोजी प्राविधिक अधिकृत १, मुख्य स्वास्थ्य सहायक (प्याथोलोजी) ११, ल्याब अधिकृत ३, मुख्य प्राविधिक सहायक (प्याथोलोजी) १३, प्राविधिक सहायक (प्रयोगशाला) २२, फार्मेसी विभागमा प्राविधिक अधिकृत २, मुख्य स्वास्थ्य सहायक ५, फिजियोथेरापीमा प्राविधिक अधिकृत १, मुख्य स्वास्थ्य सहायक ३, प्राविधिक अधिकृत (स्पिच प्याथोलोजी) १, अप्ट्रोमेट्रीमा प्राविधिक अधिकृत १, मुख्य स्वास्थ्य सहायक २, प्राविधिक अधिकृत (सम्पादन) १, रेडियोलोजीमा अधिकृत १ र क्य स्वास्थ्य सहायक ५ जना मागिएको छ ।
यस्तै डेन्टल हाइजिन, इसिजी, अक्सिजन प्लान्ट, प्लम्बिङ, मेकानिकल, लिफ्ट, बायोमेडिकल इन्जिनियरिङ, अडियोमेट्रिक्स र एनेस्थेसियाका लागि पनि जनशक्ति माग गरिएको छ ।