चौथो शुद्धोधन खेलकुद महोत्सव सम्पन्न, भगलापुर माविले रनिङ शिल्ड उपाधि जित्यो

by समतल अनलाइन
228Shares

शुद्धोधन। शुद्धोधन गाउँपालिकामा आयोजना गरिएको चौथो शुद्धोधन खेलकुद महोत्सव तथा अध्यक्ष कप सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ८ रजत, र २ कास्य पदक जित्दै भगलापुर मावि ले रनिङ शिल्ड प्रतियोगिताको उपाधि आफ्नो कब्जामा लिन सफल भयो।

२५ विद्यालय सहभागी यस प्रतियोगितामा ७ स्वर्ण, २ रजत, र ८ कास्य पदक जित्दै फर्साटिकर माध्यमिक विद्यालय दोस्रो स्थानमा रह्यो भने ५ स्वर्ण, ३ रजत, र ७ कास्य पदक हासिल गर्दै शंकर माध्यमिक विद्यालय तेस्रो स्थानमा रह्यो।

यस्तै, नृत्य प्रतियोगितामा शुद्धोधन इङ्लिस स्कुल प्रथम, तिलोत्तमा अङ्ग्रेजी मावि दोस्रो तथा फर्साटिकर सिद्धार्थ इङ्लिस स्कुल तृतीय भएका छन्।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो तथा सहभागी विद्यालयलाई जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, शिक्षा तथा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ४ अध्यक्ष केशवप्रसाद अधिकारी, वडा नं. ५ अध्यक्ष चन्द्रभान चौधरी लगायतका व्यक्तित्वहरूले पुरस्कार वितरण गरे।

कार्यक्रमको अध्यक्षता शिक्षा तथा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ४ अध्यक्ष केशवप्रसाद अधिकारी ले गरेका थिए भने सञ्चालन शिक्षा शाखा प्राविधिक सहायक चन्द्रकला तिवारी ले गरेका थिए।

Comments

You may also like