तिलोत्तमा। महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालीकामा संञ्चालित ब्युटिपार्लर तालिम मंगलबार सम्पन्न भएको छ । खुसी ब्युटी पार्लरको संयोजनमा २० जना महिलाहरुलाई सो ब्राइडल मेकअप ब्युटिसियन तालिम दिलाएको थियो ।
सो अवसरमा आफ्नो धारणा राख्दै नगर प्रमुख रामकृष्ण खाणले महिलाहरु सिप सिकेर समयमै आत्मनिर्भर भए समाजमा ठुलो योगदान पुग्ने र घरमै सिमित हुनु नपर्ने बताए। नगरपालिका महिलाको हक अधिकार र सुरक्षाको लागि हरदम तयार रहेकोले समाजका गलत गतिविधिहरुमा महिलाले सजग गराउनुपर्ने समेत बताए।नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले तालिमको समापनमा बोल्दै स्वरोगार वनी आर्थिकरुपमा मजबुत बन्न आग्रह गरेकी थिइन्। व्यवसायिक बन्नका लागि आगामी दिनहरुमा पार्लर व्यवसायलाई फरक तरिकाले संचलान गर्न र आत्मनिर्भर बन्नसकिने बताईन। कार्यक्रमममा बोल्दै वडा अध्यक्ष गणेश पाठकले महिलाले सिपको माध्यमबाट घर मात्रै हैन संजम समेत चलाउन सक्ने भएकाले समाजमा रहेर आत्मनिर्भर रहन आग्रह गरे। उनले महिलाको सिप सिकाइले चुलोचौकोमा सिमित महैलाल्लई व्यवसायिक बन्न मद्धत गरेको बताए।
महिला लक्षित कार्यक्रम अन्र्तगत यस आर्थिक बर्षको बजेटमा तालिम सञ्चालन भएको बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले बताईंन। ब्युटिसियन तालिममा १७ वटा वडाका २० जनाले सिप सिकेका थिए । ब्युटितालिमका प्रशिक्षार्थिहरुलाइ ब्युटिसियन, अञ्जना केसीले प्रशिक्षण दिएकी थिइन ।तालिमका सहभागीहरुलाइ नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, वडा अध्यक्ष गणेश पाठकद्वारा सिप सिकेको तालिमको प्रमाणपत्रले सम्मान गरिएको थियो ।सानो लगानीमा पनि शुरु गर्न सकिने यो व्यवसाय पछिल्लो समय निकै फष्टाएको पाईन्छ।