57
गुल्मी। रिडी–बल्कोट सडक खण्ड मर्मत तथा विस्तार कार्यका लागि फागुन २० गतेसम्म बन्द गरिएको छ।
रुरुक्षेत्र गाउँपालिका–१ साँखरा भीर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कार्य भइरहेको छ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय, गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलका अनुसार यात्रुहरूले वैकल्पिक मार्ग सातमुरे–शृङ्गा बलेटक्सार हुँदै रिडी, सातमुरे–सीजी मार्ग हुँदै पाल्पाको हार्थोक र सातमुरे–ठाडो खोला हुँदै रिडी प्रयोग गर्न अनुरोध गरिएको छ।