बुटवल।बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँमा रहेको धार्मिक पर्यटकीय स्थल स्वामिनारायण मुक्तिनाथ धाममा आजबाटअठार पुराण तथा चार वेदको अनुष्ठान शुरु भएको छ ।
आज बिहान ११ बजेदेखि शोभा कलश यात्रासहित नगर परिक्रमा गरेपछि महायज्ञको उद्घाटन गरिएको हो ।महायज्ञको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो ।Khelraj.jpg
सो अवसरमा बोल्दै उहाँले महायज्ञहरूले धर्म संस्कृति र परम्पराको रक्षा र जन र जगतको कल्याण गर्ने धारणा राख्नुभयो ।महायज्ञमा पहिलो चरणमा चैतन्य कृष्ण र बालव्यास अनुराधा पाण्डे दोस्रो चरणमा अनुराधा देवी र तेस्रो चरणमा आचार्य बिष्णु ज्ञवाली लगायतले संगीतमय कथा प्रवचन दिनुहुनेछ ।maha aarati.jpg
हरेक दिन रुपन्देहीका स्थानीय पालिका प्रमुखहरुबाट उद्वाटन गराउने तालिका रहेको यस महायज्ञमा दीपप्रज्वलन , भजन कृतन तथा विभिन्न गोष्ठीहरु समेत आयोजना हुने मुक्तिनाथ धामका संरक्षक स्वामी लोकानन्दले बताउनुभयो ।
यसैगरी आजबाट दैनिक सन्ध्यामा महाआरती समेत हुने धामका अध्यक्ष बाबुराम महतले जानकारी दिनुभयो । फागुन ९ गतेसम्म संचालन हुने महायज्ञमा अठार पुराण तथा चार वेदको अनुष्ठान हुने हुँदा अरु यज्ञहरु भन्दा फरक रहेको महायज्ञ सम्पादन मूल समितिका संयोजक डिल्लीप्रसाद शर्मा आचार्यले बताउनुभयो ।
हिजोमात्रै धाममा मुक्तिनाथ मंगल भवनको उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले शिलान्यास गर्नुभएको थियो ।