संचारमाध्यमले निवार्धरुपमा सागको समाचार संकलन गर्न पाउनुपर्छ : मिडिया सोसाईटी अध्यक्ष कँडेल

by समतल अनलाइन

काठमाडौ । दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आज कार्यक्रम गरी सबै तयारी पुरा भएको जनाएको हो ।

नेपाल मिडिया सोसाइटी र नेपाल प्रहरीका प्रमुखहरुको उपस्थितिमा आयोजित कार्यक्रममा राखेपका सदस्यसचिव रमेश सिलवालले सागको सबै तयारी पुरा भएको जानकारी गराए । कार्यक्रममा नेपाल मिडिया सोसाईटी नेपालका अध्यक्षले शुभ शंकर कंडेलले नेपाली संचारमाध्यमले निवार्धरुपमा समाचार संकलगर्ने पाउनु पर्ने र नेपाली संचार जगतले आयोजकलाई निर्वाधरुपमा प्रश्न गर्नपाउने अधिकार हुनेपर्ने बताए ।

उनले सवै पत्रकारले पनि आफ्नो दायित्व र पत्रकारीकारिताको धर्म निभाउन गरि काम गनुपर्ने बताए । समाचार संकलन गर्ने क्रममा संचारकर्मीहरुमाथि हुने अमर्यादित क्रियाकलापहरु बन्द गरिनुपर्ने र निर्वाधरुपमा संमाचार संकलगर्ने वातावरण बनाउनु पर्ने अध्यक्ष कंडेलले बताए । उद्घाटन र समापनका बेला रंगशालामा हेर्न आउने सर्वसाधारणका लागि पार्किङको व्यवस्था टुँडिखेलमा गरिएको छ ।

यसका साथै भारत र पाकिस्तानको खेलाडीलाई हुने जोखिम कम गर्न विशेष सुरक्षा व्यवस्था गरिएको छ । दशरथ रंगशालामा नयाँ राखिएका कुर्सीहरु यदि दर्शकले आक्रोश वा अन्य कुनै किसिमले भाँचेमा त्यसको क्षतिपूर्ति दर्शकले तिर्नुपर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । सागलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले बताए । खनालले खेलका दौरान ट्राफिक व्यवस्थापनको काम पनि सकिएको जानकारी दिए ।

सागका बेला ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ । जसअन्तर्गत मंसिर १५ गते बिजोर र मंसिर २४ गते जोर नम्बरको सवारी साधन चलाउन आईजीपी खनालले आग्रह गरे ।

 
 
  
 

You may also like